शिक्षा अभियानलाई सहयोग गर्न जनप्रतिनिधिहरुलाई आग्रह

साझाकुरा
२०७९ असार ३०, बिहीबार ११:४३

हेटौंडा- नेपाल मानव धर्म सेवा समिति हंस शान्ति आश्रम हेटौंडाले आफ्नो शिक्षा अभियानलाई सहयोग गर्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ । बुधबार गुरु पूर्णिमाको अवसरमा आश्रमले एक कार्यक्रम आयोजना गर्दै आफूले सञ्चालन गर्दै आइरहेको शिक्षा अभियानलाई सहयोग गर्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरेको हो । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरको प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, मनहरी गाउँपालिका १ का वडा अध्यक्ष शिवप्रसाद खनाल, ३ नम्बर वडा अध्यक्ष आनन्दप्रसाद अर्याल, नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि मीरा स्याङ्तान, कांग्रेस मकवानपुर जिल्ला सदस्य सुनिता राई, मकवानपुर कलाकार संघका सदस्य हेमकुमार तितुङलगायतको आतिथ्यता थियो ।
कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान पनि गरिएको थियो । कार्यक्रम महात्मा पुनित बाइजीको सभाध्यक्षतामा भएको थियो । गुरुपूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा गुरुको महिमाका विषय प्रवचनका साथै साँस्कृतिक कार्यक्रम पनि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*