प्रथम क्याम्पस प्रमुख श्रेष्ठको प्रतिमा अनावरण

साझाकुरा
२०७९ असार ३१, शुक्रबार ११:२३

हेटौंडा- मकवानपुरकै सबैभन्दा अग्रणी शैक्षिक संस्था मकवानपुर बहुमुखी क्याम्पसका संस्थापक प्रमुख स्वर्गीय मुकुन्द दास श्रेष्ठको अर्धकदको प्रतिमा अनावरण भएको छ ।
क्याम्पस परिसरमा बिहीवार आयोजित एक कार्यक्रमबीच बागमती प्रदेश सरकारका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, क्याम्पस अध्यक्ष अनन्त प्रसाद पौडेलले श्रेष्ठको शालिक अनावरण गरेका थिए । श्रेष्ठको प्रतिमा मकवानपुर क्याम्पस एल्मुनाई एसोसिएसनको अगुवाईमा निर्माण भएको हो । २०३७ सालमा त्रिभुवन विश्व विद्यालयबाट स्वीकृति पाएको मकवानपुर बहुमुखी क्याम्पसले २०३८ सालदेखि पठनपाठन सुरु गरेको हो ।

स्थापनाकालदेखि २०४५ माघ १० गतेसम्म श्रेष्ठ मकवानपुर बहुमुखी क्याम्पसको प्रमुख भएर काम गरेका थिए । संस्थापक समयमा उल्लेखनीय योगदान गरेका श्रेष्ठको सम्मानमा प्रतिमा निर्माण गरिएको मकवानपुर क्याम्पस एल्मुनाईका अध्यक्ष केशवलाल श्रेष्ठले बताए । करिब साढे सात रुपैयाँ लागत रहेको प्रतिमा मकवानपुरका मूर्तिकार लक्ष्मण भुजेलले बनाएका हुन् ।श्रेष्ठको प्रतिमा बनाउन हेटौंडा उपमहानगरपालिकाले ४ लाख, क्याम्पसले ५५ हजार, एल्मुनाइका अध्यक्ष केशवलाल श्रेष्ठले ५४ हजार, क्याम्पसका प्राध्यापकहरुले ३५ हजार रुपैयाँ सहयोग गरेका थिए । अन्य क्षेत्रबाट पनि प्रतिमा बनाउन सहयोग जुटेको श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*