महालेखाले औंल्यायो खानेपानी डिभिजनको बदमासी

साझाकुरा
२०७९ असार ३१, शुक्रबार ११:३३

हेटौंडा- महालेखा परिक्षकको कार्यालयद्वारा हेटौंडास्थित खानेपानी तथा  सरसफाइ डिभिजन कार्यालयले कानुन विपरित टुक्रे योजना उपभोक्ता समितिमार्फत गरेको भन्दै बदमासी भएको औंल्याएको छ ।गत आर्थिक वर्ष २०७७÷०७८ मा कार्यालयले सार्वजनिक खरिद नियमावली अनुसार टेण्डर आह्वान गरेर गर्नुपर्ने योजनालाई टुक्रा पारेर उपभोक्ता समितिमार्फत गरेको ठहर गरेको छ । कानुनतः ४ करोडको काम टेण्डर प्रक्रियामा जानुपर्ने भएपछि कार्यालयले उपभोक्ता समितिमार्फत टुक्रा योजनाको काम गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । मकवानपुरको विकट राक्सिराङ खानेपानी आयोजनालाई ७ स्कीममा बिभाजन गरेर ३ करोड ८७ लाख ५० हजार रुपैयाँको काम उपभोक्ता समिति मार्फत गराइएको महालेखा परिक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । कार्यालयले उक्त काम टेण्डरमार्फत गर्नुपर्ने खरिद नियमावलीमा व्यवस्था छ ।

सरकारी नियम विपरित उपभोक्ता समितिमार्फत काम गरेर रकम भुक्तानी गर्नु नियम संगत नभएको महालेखा परिक्षकको कार्यालयले ठहर गरेको छ । खानेपानी नीति २०७१ को दफा ९ दशमब १३ मा आधारभतू सेवास्तरको नीति तथा सरसफाइ आयोजना निर्माण गर्दा खर्चको दश देखि २० प्रतिशत उपभोक्ता सममितिबाट गर्नुपर्ने उल्लेख छ । २० प्रतिशत उपभोक्ता समितिले बेहोर्ने भनेर लागत अनुमान स्वीकृत गरिएपनि त्यस अनुसार काम नभएकोमा महालेखाले प्रश्न उठाएको छ ।

कार्यालयले एक करोड २२ लाख २६ हजार रुपैयाँमा आपखोला खानेपानी उपभोक्ता समितिमार्फत दुइ वटा रनिङ बिलबाट ओभर हेड घटाएर ९६ लाख ६५ हजार भुक्तानी गरेको छ । खानेपानी डिभिजन कार्यालय हेटौंडाले १३ वटा योजनाको ५ करोड ३५ लाख ४९ हजार रुपैयाँ लागत सहभागिता बिना नै रकम भुक्तानी गरेकोमा महालेखाले प्रश्न उठाएको हो ।त्यस्तै, सहरी विकास तथा भवन कार्यालय मकवानपुरले एक उपभोक्ता समितिमार्फत बाटो ढलान गर्ने कामको दुइ वटा प्याकेज बनाएर १ करोड ३० लाख ३३ हजार रुपैयाँको कामको ९१ हजार १३ हजार रुपैयाँ नियम संगत नदेखिएको महालेखा परिक्षकको कार्यालयले औंल्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*