नापतौल यन्त्र दर्ता तथा नवीकरण सुचारु

साझाकुरा
२०७९ श्रावण ६, शुक्रबार ०९:१६

हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघको सहजिकरणमा बिहीवारदेखि हेटौंडामा नापतौल यन्त्रहरुको दर्ता तथा नवीकरण कार्य सुचारु भएको छ । नापतौल यन्त्र दर्ता तथा नवीकरणको लागि गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जबाट ४ सदस्यीय टोली खटिएका छन् ।बिहीबार ४३ वटा फर्मको नापतौल यन्त्रहरुको दर्ता तथा नवीकरण गरिएको कार्यालयले जानकारी दिएको छ । मकवानपुर उद्योग वाणिज्य संघ भवनमा रहेको हलबाट नापतौल यन्त्रको जाँच र दर्ता तथा नवीकरणको कार्य गरिएको हो । आज शुक्रबारपनि संघको भवनबाट सेवा प्रदान गरिने जनाइएको छ । कार्यालयले हेटौंडाका अन्य केही स्थान र मनहरीबाटसमेत नापतौल दर्ता तथा नवीकरण सेवा संचालन गर्ने जनाएको छ ।

हप्ता दिनको लागि गुणस्तर तथा नापतौल कार्यालय बीरगञ्जले टोली खटाएको हो । नापतौल यन्त्रहरु दर्ता तथा नविरकण गर्न मकवानपुर जिल्लाका उद्योगी÷ व्यवसायीहरुलाई बीरगञ्ज जानुपर्ने झन्झटलाई न्यूूनिकरण गर्न एक हप्ताको लागि संघमा निम्त्याईएको मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले जानकारी दिए ।यस अवसरलाई सदुपयोग गर्दै उद्योगी÷व्यवसायीहरुले आआफ्नो व्यवसायमा प्रयोग गरिएको नापतौलका यन्त्र (ढक, काँटा, लिटर, मिटर आदी) जाँच गराई दर्ता तथा नवीकरण गर्न अध्यक्ष गुप्ताले
अनुरोध गरे ।

नापतौल यन्त्र नयाँ दर्ता गर्न ३५ दिन भित्र नापतौल यन्त्र खरिद गरेको सक्कल भ्याट बिल, हुलाक टिकट, आन्तरिक राजस्व कार्यालयमा व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि, फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, काँटा र काँटाको क्षमताको १० प्रतिशतले हुने बराबरको ढक साथमा ल्याउनु पर्ने संघले जनाएको छ । नवीकरणको लागि हुलाक टिकट, गतवर्ष जाँच गरेको प्रमाण पत्र÷अनुमति पत्र वा सोको प्रतिलिपि, आफ्नो का“टा र का“टाको क्षमताको १० प्रतिशतले हुने बराबरको ढक साथमा ल्याउनु पर्ने गुणस्तर तथा नापतौल कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*