बागमती प्रदेशमा बढ्यो भाडा

साझाकुरा
२०७९ श्रावण ७, शनिबार ११:००

हेटौंडा- बागमती प्रदेशमा सार्वजनिक सवारीको भडा बढेको छ । प्रदेश सरकारले ५ साउन बिहीवार सार्वजनिक सवारीको भाडा बृद्धि गरेको हो । बढेको भाडादर प्रदेश सरकारले राजपत्रमा प्रकाशनसमेत गरिसकेको छ । लागू भाडादर अनुसार काठमाडौं उपत्यकामा भने पुरानै भाडा कायम छ । उपत्यकामा पाँच किलोमिटरसम्मको २० रुपैयाँ भाडा कायम गरेको हो । १० किलोमिटरसम्मको भाडा २५ बाट बढेर २७ रुपैयाँ पु¥याइएको छ । २० किलोमिटरभन्दा माथिको भाडा ३८ बाट ४० रुपैयाँ, २० किलोमिटरसम्मको भाडा ३३ बाट ३५ रुपैयाँ र १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२ रुपैयाँ पुगेको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

उपत्यका बाहिर बागमती प्रदेश क्षेत्रमा यसअघिको भाडामा आठ दशमलव ३९ प्रतिशतले बढेको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।
पेट्रोलियम पदार्थमा मूल्य बृद्धि भएसँगै भाडा निरन्तर उकालो लागिरहेको छ । सरकारले तोकेको भाडा दरको पूर्ण कार्यान्वयन नभएको सर्वसाधारणहरुको गुनासो छ । मकवानपुरमा सञ्चालन हुने सार्वजनिक सवारीहरुले मनलाग्दी भाडा लिँदै आएको यात्रुहरुले गुनासो गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*