साउन अन्तिममा आठौं जिल्लासभा गरिने

साझाकुरा
२०७९ श्रावण ९, सोमबार ११:३२

हेटौंडा- जिल्ला समन्वय समिति मकवानपुरले आठौं जिल्लासभा साउन अन्तिममा गर्ने निर्णय गरेको छ । जिसस मकवानपुरको आइतबार बसेको ८९ औं बोर्ड बैठकले २५ साउनमा जिल्लासभा गर्ने निर्णय गरेको हो ।जिल्ला सभामा जिल्ला समन्वय समिति मकवानपुरको नीति कार्यक्रम तथा जिससको चालु आर्थिक वर्ष २०७९÷०८० को बजेट पारित गरिने जिसस प्रमुख ललितबहादुर घलानले जानकारी दिए ।बैठकले जिल्ला समन्वय समितिका सदस्यहरुको कार्यक्षेत्र बाँडफाँडसमेत गरेको छ । स्थानीय तहहरुसँग समन्वय र सहजीकरणका लागि सदस्यहरुको कार्यक्षेत्र बाँडफाँड गरेको प्रमुख घलानले बताए ।

जिसस सदस्य खड्कबहादुर पुलामीलाई बागमती र बकैया गाउँपालिका, सुवर्ण गोपालीलाई थाहा नगरपालिका र ईन्द्रसरोवर गाउँपालिकाको जिम्मेबारी दिएको प्रमुख घलानले बताए ।यसैगरी, तारा ढुंगानालाई हेटौंडा उपमहानगरपालिका, वीरेन्द्रकुमार लामालाई राक्सिराङ गाउँपालिका, विष्णुमाया थपलियालाई मकवानपुरगढी गाउँपालिका, सुनिता (दर्नाल) परियारलाई मनहरी गाउँपालिका, सुमित्रा थिङलाई भीमफेदी र कैलाश गाउँपालिकाको जिम्मेवारी दिइएको प्रमुख घलानले बताए । बैठकले मकवानपुरका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सम्पर्क नम्बरसहितको स्थानीय सम्पर्क डायरी प्रकाशन गर्ने निर्णय गरेको छ । बैठकमा उपप्रमुख सानुकाजी लुईटेलसहित सदस्यहरुको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*