बसामाडी जेसीजले हाम्रो घरलाई दियो खाद्यान्न

साझाकुरा
२०७९ श्रावण १०, मंगलवार १०:२२

हेटौंडा- बसामाडी जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् सोमबार हाम्रो घर बालगृह हेटौंडा–५ लाई खाद्यान्न सहयोग गरिएको छ । बसामाडी जेसीजले आफ्नो सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् सोमबार हेटौंडा–५ सिँचाईटोलमा रहेको हाम्रो घरलाई खाद्यान्न सहयोग गरेको हो । बसामाडी जेसीजका अध्यक्ष चिराग अग्रवालको अध्यक्षता तथा हेटौंडा उपमहानगरका प्रवक्ता एवम् वडा नं. १ का अध्यक्ष सविन न्यौपानेको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । जेसीजले हाम्रो घरका संरक्षक इन्दिरा न्यौपानेलाई खाद्यान्न हस्तान्तरण गरेको कार्यक्रमको संयोजक निरज अर्यालले जानकारी दिए ।

आइतबारबाट सुरु भएको जेसीज सप्ताह कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख अतिथ्यतामा वनस्खण्डी मन्दिरमा दीप प्रज्जवलन गरी कार्यक्रमको समुद्घाटन गरिएको थियो ।जेसीज सप्ताह कार्यक्रममा श्रावण १४ गतेसम्म सञ्चालन हुनेछ । आज मंगलबार विहान अन्तर जेसीज फुटसल कार्यक्रम गरिने शाखा अध्यक्ष अग्रवालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*