पराजुलीद्वारा हेटौंडा क्याम्पसको अध्यक्षमा पदभार ग्रहण

साझाकुरा
२०७९ श्रावण ११, बुधबार ०९:४६

हेटौंडा- हेटौंडा क्याम्पसको अध्यक्षमा आनन्दराम पराजुलीले मंगलबारपदभार ग्रहण गरेका छन् । शनिबार क्याम्पसको अध्यक्षमा निर्विरोध चयन भएका पराजुलीले मंगलबार पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेलगत्तै पराजुलीले क्याम्पस व्यवस्थापन समितिको सदस्यमा दुईजनालाई मनोनित गरेका छन् ।उनले मकवानपुर निर्माण व्यवसायी संघका अध्यक्ष श्यामसुन्दर ढकाल र अच्युत पराजुलीलाई हेटौंडा क्याम्पस व्यवस्थापन समितिको सदस्यमा मनोनित गरेका हुन् । पदभार ग्रहणपछि बसेको पहिलो क्याम्पसको बैठकमा बोल्दै अध्यक्ष पराजुलीले हेटौंडा क्याम्पसलाई प्राविधिक शिक्षालयको रुपमा विकास गरिने बताए । उनले मकवानपुरको मात्रै नभई बाहिरि जिल्लाको विद्यार्थीहरुलाई पनि आकर्षित गर्नेगरी हेटौंडा क्याम्पसलाई प्राविधिक शिक्षालयको रुपमा विकास गरिने बताएका हुन् ।

उनले हेटौंडा–१६ मा क्याम्पसले जग्गा पनि खरिद गरेको भन्दै उक्त स्थानमा क्याम्पसको शैक्षिक विकास गर्नको लागि भौतिक पूर्वाधार निर्माण गर्ने बताए । पराजुलीले उपमहानगरले क्याम्पसको शैक्षिक विकासको लागि थप सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् । उनले आफ्नो नेतृत्वमा हेटौंडा क्याम्पसले जिल्लाको शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*