थानकोट–चित्लाङ सडक कालोपत्रे गर्न माग

साझाकुरा
२०७९ श्रावण ११, बुधबार ०९:४८

हेटौंडा- मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकाको ‘समृद्धि ढोका’को रुपमा रहेको थानकोट–चित्लाङ सडकमा छिटो कालोपत्रे गर्न माग भएको छ ।वर्षौदेखि थानकोट–चित्लाङ सडक निर्माण सुरु गरिएपछि हालसम्म यसले पूर्णता पाउन सकेको छैन् । थाहा नगरपालिकाका जनप्रतिनिधिले थानकोट–चित्लाङ सडक स्तरोन्नति गरी कालोपत्रे गर्न माग गरेका हुन् ।थाहा नगर प्रमुख बिष्णु बिष्टसहितको टोलीले सोमबार भौतिक योजना सचिव गोपालप्रसाद सिग्देलसमक्ष कालापत्रे गरेर छिटो सडक सुचारु गर्न माग गरेका हुन् । काठमाडौं आवतजावत गर्न उत्तरी क्षेत्रका सर्वसाधारणलाई थानकोट–चित्लाङ सडक निक्कै छोटो पर्छ । थाहा र इन्द्रसरोबरका स्थानीयले यस सडकमार्फत् करिब एक घण्टामै काठमाडौं पुग्न सक्छन् ।

थाहाका प्रमुख विष्ट, थाहा–९ का वडा अध्यक्ष राजकुमार बलामी, कांग्रेस नेता जयराम लामिछाने, विष्णुहरि ढकाल, सिताराम अर्याल, विनोद महर्जन, विश्वमान श्रेष्ठको टोली भौतिक योजना कार्यलय पुगेको हो । उनीहरुले सडक तत्काल सञ्चालनमा ल्याउन विस्तृत सर्वेक्षण गरी बजेट प्रबन्ध गरेर चालू आर्थिक बर्षमा कालोपत्रे गर्न माग गरेका हुन् ।
सचिव सिग्देलले सडक विभागका महानिर्देशक इन्जिनियर अर्जुनजंग थापासँग छलफल गरेर तत्काल सडकको पहिरो पन्छाएर खुलाउने र डीपीआर पुर्नमूल्यांकनलगायत प्राविधिक काम सक्ने प्रतिबद्धता जनाए ।

थानकोट चित्लाङ सडकको सम्पूर्ण कार्य सम्पन्न गर्न थाहा नगरपालिका र चन्द्रागिरी नगरपालिकाले आवश्यक सम्पूर्ण सहयोग गर्ने विषयमा थाहा नगरका प्रमुख बिष्णु बिष्ट र चन्द्रागिरी नगरका प्रमुख धनश्याम गिरीबीच सहमतिसमेत भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*