एसईईमा बागमतीबाट सबैभन्दा धेरै उत्तीर्ण
हेटौंडा- एसईई परीक्षामा देशका सात प्रदेशमध्ये बागमती प्रदेशबाट सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण भएका छन् ।राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ७ हजार ४ सय २५ जना उत्तीर्ण भएका छन् । बागमतीको उत्तीर्ण प्रतिशत २१ दशमलव ६७ रहेको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै विद्यार्थीले एसईई दिएकोपनि बागमतीबाट हो । एसईई परीक्षामा प्रदेश नम्बर १ बाट ८४ हजार ४ सय ९१ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । प्रदेश १ बाट १७ दशमलव ४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भए ।
बोर्डले सबै प्रदेशबाट ४ लाख ९५ हजार ७ सय ५१ जना उत्तीर्ण भएकोको नतिजा निकालिएको छ । यस्तै, मधेस प्रदेशबाट ७६ हजार ८ सय ४७ जना परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जानकारी दिएको छ । गण्डकी प्रदेशबाट ४६ हजार १ सय २९, लुम्बिनी प्रदेशबाट ४६ हजार ४ सय ८७, कर्णालीबाट ३७ हजार ३ सय ६२ र सुदूरपश्चिम प्रदेशबाट ५७ हजार १० जना उत्तीर्ण भएको बोर्डले जानकारी दिएको छ ।







