आशा फाउन्डेसनलाई बसामाडी जेसिजद्वारा खाद्यान्न सहयोग

साझाकुरा
२०७९ श्रावण १२, बिहीबार ०९:५३

हेटौंडा- बसामाडी जेसीजले आशा फाउन्डेसन नामक संस्थालाई खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरेको छ । जेसीज सप्ताह कार्यक्रम अन्तरगत चौथो दिन बुधबार बसामाडी जेसीजले हेटौंडा–७ कमानेमा रहेको आशा फाउन्डेसनलाई खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरेको हो ।  बसामाडी जेसीजका अध्यक्ष चिराग अग्रवालको अध्यक्षता तथा बसामाडी जेसीज २०२२ का सल्लाहकार एंव कांग्रेस नेता अशोक शाक्यको प्रमुख अतिथ्यतामा सहयोग कार्यक्रम भएको थियो ।

जेसीजले आशा फाउन्डेसनका व्यवस्थापक बालकृष्ण चौलागाईलाई खाद्यान्न तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । आइतबारबाट सुरु भएको जेसीज सप्ताह कार्यक्रममा मंगलबार अन्तर जेसीज फुटसल प्रतियोगिता भएको थियो । आज भीमफेदी बजारमा रहेको बाल मन्दिरमा शैक्षिक सामाग्री र खेलकुदका सामाग्री वितरण गर्ने कार्यक्रम रहेको महासचिव जनक शर्माले बताए । जेसीज सप्ताह कार्यक्रममा श्रावण १४ गते सम्म संचालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*