हेटौंडा कपडा उद्योग सञ्चालन गर्न निजी क्षेत्रलाई दिन तयारः मन्त्री बडु

साझाकुरा
२०७९ श्रावण १३, शुक्रबार ११:०७

हेटौंडा- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले दुई दशकदेखी बन्द रहेको सरकारी स्वामित्वको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि निजी क्षेत्रलाई दिन सरकार तयार रहेको बताएका छन् । बिहीबार हेटौंडामा मकवानपुर उद्योग वाणीज्य संघले आयोजना गरेको अन्तक्र्रियामा बोल्दै मन्त्री बडुले हेटौंडा कपडा उद्योग सरकारले आफै सञ्चालन गर्न सक्ने अवस्थामा नरहेको भन्दै उद्योग पुनः सञ्चालनका लागि निजी क्षेत्रलाई दिन सरकार तयार रहेको बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने ‘हेटौंडा कपडा उद्योगमा अहिलेसम्म धागो जस्ताको त्यस्तै बेरिएको अवस्थामा छ ।

सरकारले सञ्चालन गरेर हेरेको पनि हो । तर, नहुने जस्तो देखियो । त्यसैले नीजि क्षेत्रलाई उद्योग सञ्चालन गर्न सरकार तयार छ । सोही अनुसार नीति तथा कार्यक्रम पनि आइसकेको छ ।’ उनले कपडा उद्योग पुनः सञ्चालनका लागि सरकारले बजेटमै उल्लेख गरिसकेको भन्दै मन्त्री बडुले सरकारीस्तरबाट भन्दा पनि निजी क्षेत्रबाट उद्योग सञ्चालनमा तीव्रता देखिने भएपछि आवश्यक योजना अघि बढाइएको दोहो¥याए ।उनले उद्योगबारे प्रारम्भिक अध्ययन भइसकेपछि सरकारले मोडालिटी तयार गरेर सोहीअनुसार निजी क्षेत्रले सञ्चालन गर्ने गरी दिन तयार रहेको उल्लेख गरे ।

मन्त्री बडुले भने, ‘निजी क्षेत्रलाई प्रोत्साहित गर्दै सरकारी सम्पत्तिको सही सदुपयोग र मुलुकमा बन्द रहेका ठूला उद्योग पुनः सञ्चालनमा टेवा पुग्ने देखिएपछि सरकार कपडा उद्योग निजी क्षेत्रलाई दिन तयार भएको हो ।’ उनले उद्योगबारे प्रारम्भिक अध्ययन भइसकेपछि सरकारले मोडालिटी तयार गरेर सोहीअनुसार निजी क्षेत्रले सञ्चालन गर्ने गरी दिन तयार रहेको उल्लेख गरे ।मन्त्री बडुले नेपाललाई श्रीलंका बन्न नदिनको लागि स्वदेशी उत्पादन बढाउनुपर्ने समेत बताए । उनले नेपालको व्यापार घाटा अत्यन्तै बढेको भन्दै श्रीलंकाको जस्तो अवस्थामा पुग्न नदिनको लागि स्वदेशी उत्पादन बढाउनुपर्ने बताए । ‘मुलुकको आर्थिक अवस्था अत्यन्तै कमजोर छ । व्यापार घाटा बढेको बढ्यै छ ।

सामानहरु आयात धेरै भइरहेको छ, निर्यात हुन सकेको छैन । त्यसैले नेपाललाई श्रीलंकाको अवस्थामा पुग्न नदिनको लागि स्वदेशी उद्पादनलाई बढाउनुपर्छ’, उनले भने । मन्त्री बडुले नेपालमा रहेको उद्योगहरु ५० प्रतिशत क्षमतामा पनि सञ्चालन हुन नसकेको भन्दै पूर्ण रुपमा सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले उद्योगहरुलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन सरकारले गर्न सक्ने सहयोग गर्ने पनि प्रतिवद्वता जनाए । उद्योगीलाई सहज पुग्ने गरि नीति निर्माण गरेर ३० वर्षे लिज भाडा समयलाई बढाएर ५० वर्ष पु¥याउन सरकार तयार रहेको उनको भनाइ छ ।

मन्त्री बडुले हेटौंडा कपडा उद्योगलाई पुनःसञ्चालनमा ल्याउन सरकारले आवश्यक तयारी गरिरहेको भन्दै त्यसको लागि तयारी अवस्थामा रहन उद्योगीहरुलाई आग्रह गरे । राजनीतिक खिचातानीले गर्दा २२ वर्षअघि बन्द भएको सरकारी स्वामित्वमा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने विषयमा यसअघि पनि धेरै मन्त्रीहरुले अवलोकन
गरिसकेका छन् । हेटौंडा आएर अवलोकन पश्चात उद्योग सञ्चालन गर्ने वचन उनीहरुले दिदै आएको भएपनि हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउन भने सकेका छैनन् ।
संघीय सरकारले चालू आर्थिक वर्षको बजेटमा पनि हेटौंडा कपडा उद्योगलाई पुनःसञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

तर, सरकारले हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउन मेसिन मात्रै होइन भवन पनि मर्मत गर्नुपर्ने अवस्था रहेको छ । चीनको सहयोगमा २०३२ सालमा निर्माण सुरु भएको उद्योग २०३५ सालबाट सञ्चालनमा आएको थियो ।नेपाललाई कपडा उत्पादनमा पूर्ण आत्मनिर्भर बनाउने लयमा दौडिरहेको उद्योग विस्तारै राजनीतिक हस्तक्षेप बढ्दै जाँदा बन्द नै हुन पुग्यो । राजनीतिक पहुँचको आधारमा आवश्यकताभन्दा बढी कर्मचारी भर्ती गर्नु, कर्मचारीका रूपमा कार्यकर्ता भर्ती गर्नु र भर्ती भएका कार्यकर्ता काम छोडेर राजनीतिक आन्दोलनमा होमिनुले उद्योग बन्द भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*