५६ जनाले दिए रगत

साझाकुरा
२०७९ श्रावण १३, शुक्रबार ११:१८

हेटौंडा- बस्तिपुर जेसीज हाँडिखोलाले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी ५६ जनाले रगत दिएका छन् । बिहीवार ५६ औं रक्तसंचार दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोग, रेडक्रस सोसाइटी बसामाडी उपशाखा र तपोवन युथ क्लबको संयोजन रहेको थियो ।बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाको प्रमुख आतिथ्यता तथा बस्तिपुर जेसीजका अध्यक्ष तेज प्रसाद उप्रेती (रमेश)को सभाध्यक्षतामा कार्यक्रम भएको हो । राज्य मन्त्री प्रजाले बसामाडी जेसीजलाई विकट ठाउँहरुमा पनि सामाजिक कार्य गर्न आग्रह गरेका छन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाका मन्त्री खेमराज सापकोटा, बस्तिपुर जेसीजका निवर्तमान अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति थियो । गोकुल उप्रेतीको संयोजनमा रक्तदान कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*