७८ जना महिलाहरुको पाठेघरको मुखको परीक्षण
हेटौंडा- मनहरी गाउँपालिकाको ७८ जना महिलाहरुको पाठेघरको मुखको परीक्षण गरिएको छ ।शुक्रबार मनहरी गाउँपालिका–४ स्थित पशुपति माध्यामिक विद्यालयमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क परीक्षण गरिएको हो । शिविरमा ७८ जना महिलाहरुको पाठेघरको मुखको परीक्षण गरिएको छ ।बस्तिपुर जेसिज हाँडीखोलाको आयोजना, नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग र मनहरी गाउँपालिका वडा नम्बर ४ को समन्वयमा शिविर भएको हो । वनकरिया बस्तिलाई लक्षित गरी आयोजना गरिएको शिविररमा ७८ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । दुई जना सेवाग्राहीले १२ वर्षे अस्थायी परिवार नियोजनको साधनको सुविधा लिएका छन् ।
बस्तिपुर जेसिज हाँडीखोला वर्ष–२०२२ का अध्यक्ष तेज प्रसाद उप्रेती(रमेश) को सभाध्यक्षमा भएको कार्यक्रममा मनहरी गाउँपालिकाको अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कालाखेतीले शिविरबाट विपन्न वर्गहरुले लाभ लिने भएकोले गाउँपालिकाको अन्य वडाहरुमा पनि स्वास्थ्य शिविर संचालनको लागि हातेमालो गर्न सदैब तयार रहेको बताए ।







