लागूऔषध न्यूनीकरण पहिलो प्राथमिकतामाः प्रहरी प्रमुख गौतम
हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रहरी प्रमुख उपरीक्षक बामदेव गौतमले लागूऔषध खेती र ओसारपसारलाई न्यूनीकरण पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।शुक्रबार हेटौंडामा सञ्चारकर्मीसँग भेटघाट गर्दै उनले मकवानपुरको विभिन्न स्थानमा हुने गरेको लागूऔषध उत्पादन र ओसारपसारलाई नियन्त्रण गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको बताएका हुन् । उनले शान्ति सुरक्षाको विषयमा कुनै पक्षसँग पनि सम्झौता नगर्ने प्रतिबद्धता समेत जनाए ।
जिल्लाको समग्रमा विषयमा आफू जानकार रहेकोभन्दै गौत्रमले यहाँको समस्या समाधान गर्न हदैसम्म काम गर्ने प्रतिबद्धता जनाए । ‘शान्ति सुरक्षाको विषयमा कुनै पक्षसँग पनि सम्झौता गर्दिन । लागूऔषध नियन्त्रण, शान्ति सुरक्षा कायम, ट्राफिक व्यवस्थापनको विषयमा विशेष योजना बनाएर काम गर्नेछु ।’, भर्खरैमात्र मकवानपुर सरुवा भएर आएका गौतमले प्रहरी नायब उपरीक्षकहुँदा यसै जिल्लामा बसेका कारण काम गर्न सहज हुने दावी गरे ।







