हेटौंडामा नागरिकता विधेयकविरूद्व राप्रपाको राँके जुलुस

साझाकुरा
२०७९ श्रावण १४, शनिबार ११:३५

हेटौंडा- हेटौंडामा नागरिकता विधेयकविरूद्व राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा मकवानपुरले राँके जुलुस निकालेको छ । राप्रपा मकवानपुरले शुक्रबार साँझ हेटौंडाको मेनरोडमा राँके जुलुस निकालेर गठबन्धन सरकारविरुद्ध प्रदर्शन गरेको हो ।प्रहरीले राँके जुलुसलाई नियन्त्रणमा लिन खोजेको थियो । मुलुकलाई बिखण्डनको दिशामा लैजाने भन्दै नागरिकता विधेयक फिर्ता हुनुपर्ने माग राप्रपाको छ । राप्रपाले नागरिकता विधेयक, भ्रष्टाचार र अन्य समसामयिक विषयमा विरोध प्रदर्शन गरेको हो । राष्ट्रघाती नागरिक विधेयक र संघीयता खारेज गर्न माग गरिएको थियो । जुलुस निकाल्नु अघि राप्रपाले हेटौंडा–५ सानोपोखरास्थित पार्टी कार्यालयबाट विरोध प्रदर्शनसहितको ¥यार्ली निकालेको थियो । र्याली कान्तिराजथ, बुद्धचोक हुँदै सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोभन गर्दै राप्रपा नेपालका केन्द्रीय सदस्य दिपकबहादुर सिंहले नागरिकता विधेयकलाई नेपाली जनताले नरूचाएको भन्दै फिर्ता लिन सरकारसँग आग्रह गरे । सिंहले नागरिकता विधेयक पास गर्न छिमेकी देश भारतले हाम्रा नेताहरुलाई ठुलो आश्वासन दिएको आरोप लगाएका छन् । एमालेले अन्य मुद्दामा प्रतिनिधिसभामा ९ महिनासम्म अवरोध सिर्जना गरेपनि नागरिकता विधयेकविरुद्द चुक्क समेत बोल्न नसकेको सिंहले बताए । उनले राष्ट्रवादी भन्ने कम्रेडहरु अहिले कुन दुलोमा पसेको भन्दै प्रश्न गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*