लागुऔषध दुर्व्यसनविरुद्ध विद्यार्थीलाई सचेतना
हेटौंडा- साउनरबसामाडी जेसीजले आफ्नो सप्ताहव्यापी कार्यक्रमअन्तगर्त शुक्रबार विद्यार्थीहरूलाई लागुऔषध दुर्व्यसविरूद्व सचेतना गरेको छ ।बसामाडी जेसीजका अध्यक्ष चिराग अग्रवालको अध्यक्षतामा तथा हेटौंडा वडा नम्बर ३ का अध्यक्ष ढलकबहादुर थापाको प्रमुख अतिथ्यतामा सचेतना कार्यक्रम भएको थियो ।हेटौंडा ३ बसामाडीमा रहेको महेन्द्र किरण माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसनविरुद्धको सचेतना कार्यक्रम गरिएको कार्यक्रम संयोजक विप्लप लम्सालले बताए । कार्यक्रममा विद्यार्थीहरुलाई लागुऔषध सेवनका कारण सामाजिक, आर्थिक र पारिवारिक रूपमा पर्ने असरका बारेमा जानकारी गराईएको थियो । विद्यार्थी जिवनमा पर्ने नकारात्मक असरका कारण भविष्य नै अन्यौल हुने भएकाले दुर्व्यसनलाई निरूत्साहित गर्नुपर्ने जनाईएको थियो ।
कार्यक्रममा विद्यालयका अध्यक्ष हर्कबहादुर पाख्रिन, विद्यालयका प्रधानाध्यापक तारा गौतम, सहायक प्रधानाध्यापक रामप्रसाद महत, सियान पुर्नस्थापना केन्द्रका सञ्चालक सौजन डिसी, जेसीजका निवर्तमान अध्यक्ष गौतम केसी, पूर्वअध्यक्ष सरोज अधिकारी, मुल कार्यक्रम संयोजक सरोज डङ्गोल, सह संयोजक मनिष घिमिरेलगायतमो उपस्थिति थियो ।जेसीज सप्ताह कार्यक्रम अन्तरगत शुक्रबार जनचेतनामूलक होर्डिङ बोर्ड स्थापना गरिएको छ । जेसीज सप्ताहको आज शनिबार समापन कार्यक्रम रहेको छ । बसामाडी जेसीजले हरेक वर्ष सामाजिक कार्यमार्फत सप्ताहव्यापी कार्यक्रम गर्दै आइरहेको छ ।







