सहकारीहरुलाई कोपोमिस तालिम
हेटौंडा- नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड, जिल्ला फिल्ड कार्यालयको आयोजनामा सहकारीका प्रतिनिधिहरुलाई कोपोमिस तालिम दिइएको छ । जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका ४० जना तालिममा सहभागी थिए । हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेलको प्रमुख आतिथ्यता तथा मकवानपुर फिल्ड व्यवस्थापन उपसमिति सदस्य राजु गौतमको अध्यक्षतामा कार्यक्रम भएको हो । ऐनमा उल्लेख भए बमोजिम सहकारीले कोष विभाजन गर्नुपर्ने, नीति विधि र प्रविधिमा सञ्चालन हुनुपर्ने, कोपोमिसमा आवद्ध भई समष्टिगत विवरण भर्नुपर्नेलगायतका विषयहरुमा जानकारी गराउँदै कोपोमिसमा समष्टिगत विवरण भर्ने बारे जानकारी दिइएको थियो ।
तालिममा हेटौडा उपमहानगरका सहकारी शाखा अधिकृत सुस्मिता महत, कम्प्युटर अपरेटर नीरदेवी महर्जनलगायतको उपस्थिति थियो । तालिमको सहजीकरण नेफ्स्कूनका अनुगमन अधिकृत सौभाग्य भट्टराइले गरेकी थिइन् । सहकारीको व्यवस्थापन सहजीकरण नेफ्स्कून मकवानपुर फिल्ड कार्यालयकी इन्चार्ज ज्योति महतले गरेकी हुन् ।







