‘सफा हेटौंडा अभियान’ दोस्रो हप्ता सबै वडामा सक्रिय

साझाकुरा
२०७९ श्रावण १५, आईतवार ११:५५

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाहरुमा ‘सफा हेटौंडा अभियान’ सक्रिय भएको छ । बजार क्षेत्रमा  रहेको सुन्दरतालाई नगरको सबै वडातह सम्म पु¥याउने गरी हेटौंडा उपमहनगरकी प्रमुख मिनाकुमारी लामाले ७ साउनबाट अभियान सुरुवात गरेकी थिइन् । लामाले गत शनिवार हुप्रचौर सरसफाई गर्दै अभियानको सुरुवात गरेकी थिइन् । उपमहानगरको अभियान १४ साउन शनिवारदेखि वडा–वडा तहमै सक्रिय भएको हो । शनिवार अधिकांश वडा कार्यालयहरुको अगुवाईमा सम्बन्धित वडामा सरसफाई, वृक्षरोपणलगायतका काम भएका छन् । १, ५ लगायतका वडाहरुमा मेयर लामा उपस्थिति भएकी थिइन् । अभियानमा हेटौंडाका निवर्तमान मेयर हरिबहादुर महतपनि सक्रिय पूर्वक लागेका छन् ।

शनिवार हेटौंडा–१ र ११ नम्बर वडाको बीचमा रहेको भैरवडाँडा जाने बाटोको दाँयाबाँया वृक्षरोपण तथा बुद्ध पार्क क्षेत्रमा सरसफाई गरिएको वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।हेटौंडा–१ का सबै टोल विकास समितिहरुले आ–आफ्नो टोलमा सरसफाई गरेको वडाध्यक्ष न्यौपानेले बताए । यसैगरी, हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशाला नजिक वृक्षरोपण र सरसफाई गरिएको वडा अध्यक्ष सुशिल घिमिरेले बताए ।बजार क्षेत्रमा रहेको सुन्दरतालाई नगर भरी लैजाने उद्देश्य अनुसार अभियानलाई वडा तहमा सक्रिय बनाइएको मेयर लामाले बताइन् । हेटौंडा उपमहानगरको आयोजना र टोलबिकास सस्था नगर समन्वय समितिको समन्वयमा हेटौंडालाइ थप सुन्दर बनाउने अभियानलाई नगरबाट वडा हुँदै टोलसम्म पु¥याउने गरी काम थालिएको उपमहानगपालिकाले जनाएको छ । सुन्दर हेटौंडा निर्माणको अभियानलाई उपमहानगरका १९ वडामा रहेको ३ सय ५० टोल विकास संस्थामार्फत कार्यान्वयनमा लाने तयारी छ ।

अभियानमा सहभागिताको लागि स्वतस्फुर्त रुपमा हेटौंडावासी सहभागी हुँदै आएका छन् । अभियानअन्तर्गत सरसफाई, पार्क निर्माण, वृक्षरोपणलगाएका समाजिक सुधारका कामहरु गरिने जनाइएको छ । नगरको अभियानको रुपमा रहेको कार्यक्रमलाई सार्थक बनाउँनका लागि विभिन्न खेलका प्रशिक्षक तथा खेलाडीसहितको सहभागितामा कामलाई अघि बढाइएको छ । अभियानलाई लामो समयसम्म अघि बढाउने योजनासहित लागेको हेटौंडा उपमहानगर टोल विकास समन्वय समितिका अध्यक्ष ध्रुर्व अधिकारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*