‘उहिलेको पत्रकारिता र डिजिटल साक्षरता’ पुस्तक विमोचन

साझाकुरा
२०७९ श्रावण १६, सोमबार १०:०५

हेटौंडा- सञ्चार रजिष्ट्रारको कार्यालय हेटौंडाले उहिलेको पत्रकारिता र डिजिटल साक्षरता सम्बन्धि पुस्तक विमोचन गरेको छ । आइतबार एक कार्यक्रमबीच बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण प्रसाद शर्मा खनालले पुस्तक विमोचन गरेका छन् । डिजिटल साक्षरता सम्बन्धि पुस्तकमा के हो डिजिटल ?, डिजिटलका डिभाइसहरु, कम्प्युटर नेटवर्किङ, कम्प्युटर नेटवर्किङ इन्टरनेट, मोडेम राउटर र स्वीच, थ्रिजी, फोरजी र फाइपजी विषयहरुलाई पठनीय रुपमा समावेश गरिएको छ ।
पुस्तकमा वेवसाइट, डोमेन नेम, सर्च इन्जिन, सामाजिक सञ्जाल, भियोडी र ओटिटी प्लेटफर्म, इकमर्स, डिजिटल बैंकिङ, विटक्वाइन र क्रिप्टोकरेन्सी, साइबर अपराध र सुरक्षा, साइबर हमला, ह्याकिङ र क्रयाकिङका बारेमा जानकारी उपलब्ध छन् ।
भाइरस र स्पाइवेयर, एन्टिभाइरस, सुरक्षा फायरवाल, भिपिएन, इन्टरनेट अफ थिङग्स आइओटी, आर्टिफिसियल इन्टेलिजेन्स, अल्गोरिदम, मेसिन लर्निङ, विग डाटा, क्लाउड कम्प्युटिङ र क्लाउड स्टोरेजका बारेमा पुस्तकले जानकारी दिनेछ । पुस्तकमा इ गभरमेन्ट र इन्टरनेट कभरनेन्स, इन्टरनेट अधिकार, डिजिटल डिभाईड, इन्टरनेट र कानून, इन्टरनेट र बौद्धिक सम्पति, प्रतिलिपि अधिकार, पब्लिक डोमेन, ओपन सोर्स, इन्टरनेट र गोपनियता, फेक न्यूज र डिजिटल साक्षरताका बारेमा पुस्तकमा जानकारीमूलक सामग्री समेटिएको कार्यालयले जनाएको छ ।

उहिलेको पत्रकारिता विषयमा पुराना पत्रकारिता सम्बन्धी विषयवस्तु समेटिएको छ । उक्त पुस्तकमा विगतमा गरिने पत्रकारिता, लेखन शैलीदेखि त्यतिबेलाका उपलब्ध प्रविधिलगायतका पुराना विषयहरु उल्लेख गरिएको छ । उहिलेको पत्रकारितामा समेटिएका जेष्ठ पत्रकारका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताका पत्रकार र इतिहासका विद्यार्थीका लागि खोज र अनुसन्धान गर्ने विषय हुने जनाइएको छ । पहिले गरिने पत्रकारिताको विषयमा भैरव रिसाल, नारायण प्रसाद शर्मा, कृष्णा ताम्राकार, लालध्वज देसा राई र रामकृष्ण रेग्मीले पुस्तकमा लेखेका छन् । पत्रकारितामा उनीहरुका भोगाई, पत्रकारिताको अभ्यास, भोगेका चुनौती र संघर्षक कथा पुस्तकमा समेटिएको छ ।

उहिलेको पत्रकारिता पुस्तकले विगतमा भएको पत्रकारिताका विषयमा झल्काउने मन्त्री खनालले बताए । खनालले डिजिटल साक्षरताले अब हामी कता जाँदै छौ भन्ने देखाएको बताउँदै अब प्रविधिसँग जोडिनुपर्ने धारणा राखे । सञ्चार रजिष्ट्रारसमेत रहेका पत्रकार रेवती सापकोटाले डिजिटल साक्षरता र उहिलेको पत्रकारिता पुस्तकका बारेमा चर्चा गरेका थिए । दुवै पुस्तक पत्रकारहरुका लागि अति उपयोगी रहेको सापकोटाको भनाई छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिब नारायण प्रसाद शर्माले दुइ वटा पुस्तकबाट धेरै कुरा लिन र सिक्न सकिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*