अडान बागमतीको समिति विस्तार

साझाकुरा
२०७९ श्रावण १६, सोमबार १०:०९

हेटौंडा- नेपाल अडिटर्स एसोसिएसन (अडान) बागमती प्रदेशको समिति विस्तार भएको छ । अडान प्रदेश अध्यक्ष  रामकुमार बर्तौलाले समितिलाई विस्तार गरेका हुन् ।
बर्तौलाको अध्यक्षतामा बसेको दोस्रो बैठकले समितिमा ६ जना सदस्य मनोनित र पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । दोलखाका उदम चन्द्र श्रेष्ठ, सिन्धुलीका बद्रि नारायण श्रेष्ठ, नुवाकोटको विष्णु प्रसाद नेपाल, रसुवाका गणेश प्रसाद रेग्मी, काभ्रेपलाञ्चोकका दण्डमणी अधिकारी, सिन्धुपाल्चोकका नानीकाजी थापा प्रदेश समितिमा मनोनित गरिएको हो । योसँगै अडान बागमती प्रदेश समिति १८ सदस्यीय भएको छ ।

त्यस्तै सल्लाहकार समितिमा चितवनका केशव प्रसाद पौडेल, चितवनकै तिलक आचार्य, मकवानपुरकी कल्पना इटेनी, मकवानपुरकै रघुनाथ खराल र सिन्धुपाल्चोकका कृष्ण कुमार श्रेष्ठ रहेका छन् ।बैठकले १७ औँ अडान ‘डे’को अबसरमा प्रदेश अन्तर्गतका जिल्लाहरुमा लेखापरीक्षकहरुको क्षमता अभिवृद्धिको तालिम सञ्चाल गर्ने निर्णय भएको अध्यक्ष बर्तौलाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*