ॐ वृद्धाश्रममा खीर खाने कार्यक्रम

साझाकुरा
२०७९ श्रावण १६, सोमबार १०:२०

हेटौंडा- हेटौंडा–१ भिन्तुनापथस्थित पञ्चमूर्ति आयुर्वेद क्लिनिकले साउन १५ गते खीर खाने नेपाली चलनलाई आइतबार हेटौंडा–२ चौकीटोलस्थित ॐ वृद्धाश्रममा आयोजना गरेको छ ।क्लिनिकले मकवानपुर उद्योग वाणिज्य संघ÷महिला उद्यमी विकास समिति तथा महिला उद्यमी संघ नेपाल मकवानपुरको सहजीकरणमा वृद्धाश्रममा खीर खाने तथा ज्येष्ठ नागरिकलाई आयुर्वेद स्वास्थ्यसम्बन्धी निःशुल्क शिविर सञ्चालन गरेको हो ।

महिला उद्यमी विकास समिति सभापति अंकिता सुमार्गीको सभाध्यक्षता तथा आश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मउवा संघका पूर्वअध्यक्ष तथा प्रदेशको सदस्य उत्तम शर्माढकाल, समितिका पूर्वसभापति तथा सल्लाहकार देवकुमारी ढकाल, संघ नेपालका अध्यक्ष तथा महिला उद्यमी विकास समितिका पूर्वसभापति सरिद्धि श्रेष्ठ, कार्यसमिति सदस्य सीता भेटवाल, क्लिनिकका डा. नितेशकुमार गिरी, उपसभापति मुना पाठकलगायतको सहभागिता थियो ।
समितिका सचिव रिना गौतमले सञ्चालन गरेको कार्यक्रममा आश्रममा आश्रित बृद्धहरूको उपस्थितिमा खीर खाएर स्वास्थ्य परीक्षण गरी रोगसम्बम्धी औषधि निःशुल्क वितरण गर्दा वृद्धहरु हर्षित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*