म्यानेजमेन्टको व्यापार प्रवद्र्धन केन्द्रको उद्घाटन
हेटौंडा- हेटौंडा स्कूल अफ म्यानेजमेन्टको व्यापार प्रवद्र्वन केन्द्रको उद्घाटन भएको छ ।हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले आइतबार व्यापार प्रवद्र्धन केन्द्रको उद्घाटन गरेकी हुन् । कार्यक्रमको उद्घाटन गर्दै उपमहानगर प्रमुख लामाले व्यापार प्रवद्र्धन केन्द्रले सफल व्यवसायी उत्पादन गर्न सकोस् भन्ने शुभकामना दिइन् । उनले व्यापार प्रवद्र्धन केन्द्र उपमहानगरपालिकाको सम्पत्ती हुने पति बताइन् । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरन बहादुर जोशीले विद्यार्थीको रिजल्ट कस्तो आयो भन्दा पनि त्यसको प्रयोग कहाँ भयो भनी सोच्नुपर्ने बताए । जोशीले विद्यार्थीहरुलाई उद्यमी बन्न प्रेरित गर्न व्यापार प्रवद्र्धन केन्द्रको स्थापना गरेको बताए ।
हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सको व्यवस्थापन समितिका अध्यक्ष देव प्रसाद श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरकी प्रमुख टिका शर्मा, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र हेटौंडाका प्रमुख युवराज गुरुङ, उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष लेखराज पोखरेल, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख शंकर प्रसाद उपाध्याय, हेटौंडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धर, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाईलगायतको आतिथ्यता रहेको थियो ।







