लागूऔषधसहित ४ जना पक्राउ

साझाकुरा
२०७९ श्रावण १७, मंगलवार १२:५७

हेटौंडा, १६ साउन÷ मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ओनेरेक्स १ सय एमएलको १३ बोतलसहित ४ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरकोअनुसार पक्राउ पर्नेमा हेटौंडा–२ का ४९ वर्षीय राजेश श्रेष्ठ, हेटौंडा–४ का ५४ वर्षीय रामकाजी श्रेष्ठ, हेटौंडा–१३ की २६ वर्षीय आहाना भन्ने अल्बिना तामाङ र हेटौंडा–१२ की २५ वर्षीय ईशा घलान रहेका छन् । वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–४ चिल्ड्रेनपार्कस्थित चौतारी होटलमा सुरक्षा जाँच गर्दा राजेश श्रेष्ठको साथबाट लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*