आईआईएसएमको अवैतनिक सल्लाहकारमा सुमार्गी

साझाकुरा
२०७९ श्रावण १८, बुधबार १२:२९

हेटौंडा- उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी संयुक्त राष्ट्रसंघ अन्तर्गतको आर्थिक तथा सामाजिक परिषद्को अन्तर–सरकारी पर्यवेक्षक संस्था (आईआईएसएम) को अवैतनिक सल्लाहकार नियुक्त भएका छन् । आईआईएसएमले सुमार्गीलाई नेपालको अवैतनिक सल्लाहकारमा नियुक्त गरेको हो । यो संस्थाले विश्वव्यापीरूपमा कुपोषणबिरुद्ध लड्न मानवीय सहायता प्रदान गर्ने जिम्मेबारी पाएको छ ।आईआईएसएमले कुपोषण र यसका सम्बन्धित रोगहरूबिरुद्ध काम गर्दै आएको छ । सुमार्गीले सय किसान अभियानमार्फत् नेपालको कृषि उत्पादनलाई औद्योगीकरण गर्ने योजना बोकेर देशव्यापी अभियान चलाइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*