रातोमाटेमा एकै ठाउँमा स्कुल बससहित चार सवारी ठोक्किए

साझाकुरा
२०७९ श्रावण २४, मंगलवार ११:०५

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा विद्यार्थी बोकेको स्कुल बससहित एकै ठाउँमा चार सवारी दुर्घटनमा परेका छन् ।पूर्वपश्चिम राजमार्गअन्तर्गत रातोमाटेमा भएको दुर्घटनामा रिलायन्स बोर्डिङ स्कूलका विद्यार्थीसहित २० जनाभन्दा बढी घाइते भएका छन् । विद्यार्थीहरुलाई अस्पताल लगिएको थियो । ठूलो चोटपटक नलागेपनि विद्यार्थीहरु आत्तिएका थिए । ना ५ ख ६२४४ नम्बरको ट्रकले रिलायन्स बोर्डिङको विद्यार्थी बोकेको बसलाई ठक्कर दिएको थियो । ट्रकले फेरि हेटौंडाबाट पथलैया जाँदै गरेको

लु १ ख ४३७० नम्बरको ट्यांकरलाई ठक्कर दिँदा ट्यांकर पल्टिएर बा ७ च ९४०४ नम्बरको कारलाई थिचेको थियो ।त्यसपछि पुनः ट्रकले रोकिरहेको प्रदेश २–०३–००१ ख २५०६ नम्बरको ट्रकलाई पनि ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए । दुर्घटनामा विद्यार्थी, ट्रक चालक, सहचालक, कारका चालक गरी २० जनाभन्दा बढी व्यक्ति घाइते भएको र उनीहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार गरिएको थियो ।
दुर्घटना ठूलो भएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । टंयाकरले थिचेको निजी कारको अगाडि भाग पूरा कुच्चिएको छ भने स्कुल बसको पछाडि भागमा असर परेको छ । दुर्घटनामा संलग्न सवारीहरु हटाएर तत्कालै राजमार्ग सुचारु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*