सांसद सिग्देलद्वारा महिला प्रहरीलाई सेनेटरी प्याड

साझाकुरा
२०७९ श्रावण २४, मंगलवार ११:०८

हेटौंडा- बागमती प्रदेशसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) सचेतक मुनु सिग्देलले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत् महिला प्रहरी र हिरासतमा रहेका महिलाहरुलाई सेनेटरी प्याड सहयोग गरेकी छन् ।सिग्देलले सोमबार कार्यालयमा पुगेर महिला प्रहरीहरुलाई १ सय २ वटा रहने ४ वटा प्याडका ब्याग हस्तान्तरण गरेकी हुन् । महिला प्रहरी र हिरासतमा रहेका महिलाहरुको समस्या बुझेर आफूले सानै सहयोग भएपनि गर्न चाहेकाले प्याड प्रदान गरेको सिग्देलले बताइन् । महिला प्रहरीहरुलाई महिनावारीको समयमा समस्या भएपछि सिग्देलले प्याड सहयोग गरेकी हुन् । प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक चुडाकुमारी खड्कालाई मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वामदेब गौतमको उपस्थितिमा सिग्देलले ४ ब्याग सेनेटरी प्याड हस्तान्तरण गरेकी हुन् । जसमा ३ हजार ८ सय ४० वटा सेनेटरी प्याड रहेको खड्काले बताइन् ।

सामग्री हस्तान्तरण गर्दै नेतृ सिग्देलले २०४६ सालको आन्दोलनमा आफू हिरासतमा रहँदा प्याडको समस्या बुझेको भन्दै जिल्ला प्रहरीको हिरासतमा रहेका महिलाहरुलाई पनि प्याड प्रदान गर्न आग्रह गरेकी छन् । आफैंले बाहिरी जिल्लामा प्याडको अभावका कारण भोगेको समस्या जिल्लामा पनि लागु नहोस् भन्नका लागि हस्तान्तरण गरेको बताइन् । माहिनावारीको समयमा आकस्मिक रुपमा आवश्यकता पर्दा प्रयोग गर्न सकिने र काममा सहजता हुने भएकाले महिलाहरुको समस्यालाई बुझेर सामग्री हस्तान्तरण गरेको उनले जानकारी दिइन् । एसपी गौतमले स्थानिय तह अन्तरगत कार्यरत प्रहरी महिलाहरुको लागि पनि यस्तो सहयोग आवश्यक भएको बताए । महिला प्रहरीहरुलाई यस्ता खालका सहयोगले मनोवैज्ञानिक रुपमा काम गर्न सहज हुने उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*