आज जिसस मकवानपुरको आठौं जिल्लासभा
हेटौंडा-जिल्ला समन्वय समिति मकवानपुरले आज बुधवार आठौं जिल्लासभा गर्ने भएको छ । जिल्लासभाको तयारी पूरा भएको जिसस प्रमुख ललित घलानले बताए ।
जिल्लासभाको प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे रहने छन् । जिसस मकवानपुरको ८९ औं बोर्ड बैठकले २५ साउनमा जिल्लासभा गर्ने निर्णय गरेको थियो । सभाबाट जिसस मकवानपुरको चालू आर्थिक वर्ष २०७९÷०८० को बजेट पास हुने जनाइएको छ । जिल्ला सभामा जिल्ला समन्वय समिति मकवानपुरको नीति कार्यक्रम तथा जिससको चालु आर्थिक वर्ष २०७९÷०८० को बजेट पारित गरिने जिसस प्रमुख घलानले बताए ।







