भेटवाल बने हेटौंडा सिमेन्टको अध्यक्ष
हेटौंडा-हेटौंडास्थित सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त अध्यक्ष पदमा मकवानपुरे उद्योगी गणेशप्रसाद भेटवाल नियुक्त भएका छन् ।
उद्योग मन्त्रालयको पदपूर्ति समितिले साउन ८ गते भेटवाललाई हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा सिफारिस गरेको थियो । साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले समितिको सिफारिसलाई अनुमोदन गरेपछि भेटवाल उद्योगको तीन वर्षका लागि अध्यक्ष भएका हुन् । मंगलबार उद्योग सचिवबाट सपथग्रहण गरेर नियुक्तिपत्र प्राप्त गरेको उनले बताए । अध्यक्ष नियुक्त भएसंगै अध्यक्ष भेटवालले हाल घाटामा रहेको उद्योगलाई आफ्नो कार्यकालमा नाफामा लगेर छाड्ने प्रतिबद्धता जनाए ।







