पराजुली र भेटवाललाई बधाई ज्ञापन

साझाकुरा
२०७९ श्रावण २६, बिहीबार ०९:०८

हेटौंडा- दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थाका दुई जनालाई शैक्षिक र उद्योग क्षेत्रको जिम्मेवारी पाएको अबसरमा बधाई ज्ञापन गरेको छ ।
दिव्यतारा सहकारीको नेतृत्वकारी भूमिका रहेका आनन्दराम पराजुली र गणेश प्रसाद भेटुवाललाई सहकारीले बुधवार सम्मानसहित बधाई व्यक्त गरेको हो । दिव्यताराद्वारा सञ्चालित रेडियो मकवानपुर सञ्चालक समितिको अध्यक्ष रहेका पराजुली केही दिनअघि मात्रै जिल्लाकै उत्कृष्ट क्याम्पस हेटौंडा क्याम्पसको अध्यक्षमा चयन भएका थिए । सहकारीका उपाध्यक्ष भेटुवाललाई हालै सरकारी स्वामित्सको हेटौंडा सिमेन्ट उद्योगको सञ्चालक समिति अध्यक्षमा सरकारले नियुक्त गरेको थियो ।

बुधबार सहकारीमा आयोजित एक कार्यक्रमबीच सहकारीका संस्थापक अध्यक्ष महालक्ष्मी उपाध्याय डिना, अध्यक्ष डा. गणेश बल लामाले उनीहरुलाई बधाई दिएका हुन् । कांग्रेस केन्द्रीय सहमहामन्त्रीसमेत रहेकी डिनाले दुवै जनालाई सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*