रोटरी क्लव अफ हेटौंडाद्वारा विद्यालय पोसाक वितरण

साझाकुरा
२०७९ श्रावण २९, आईतवार ०९:१२

हेटौंडा- रोटरी क्लव अफ हेटौंडाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ नकौली स्थित कालिका आधारभूत विद्यालयमा अध्यनरत अत्यन्त गरिब विद्यार्थीका लागि विद्यालय पोसाक वितरण गरेको छ । क्लवले विद्यालयमा अध्ययनरत २० जना आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण गरेको हो । रोटरी क्लबअफ हेटौंडाका अध्यक्ष सुयस पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपाने, कार्यपालिकाका सदस्य इश्वरी रसाइली लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा रोटरी क्लबका उपाध्यक्ष, सचिव लगायत पदाधिकारी र सदस्यहरु, विद्यालयका अभिभावकहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*