वनबाट उठ्ने राजस्वमा चासो राख्ने वाइसिएल मनहरीको निर्णय
हेटौंडा- नेकपा (माओवादी केन्द्र) निकट योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) मनहरी गाउँ कमिटीले गाउँपालिका भित्र रहेको वन, बगर र त्यसबाट उठ्ने राजस्वको सन्दर्भमा समेत विशेष चासो राख्ने निर्णय गरेको छ ।शनिबार बसेको वाइसिएलको विस्तारित बैठकले उक्त निर्णय गरेको हो । बैठकले गाउँपालिका भित्र उत्पन्न हुने विकृति विसंगतिहरुलाई न्यूनीकरणका लागि वाइसिएललाई सकृय बनाउने समेत निर्णय गरेकोे योड्ड कम्युनिष्ट लिग (वाइसिएल) मनहरी गाउँ कमिटीका अध्यक्ष कृष्ण रुम्बा झाँक्रीले जानकारी दिए । बैठकले संगठनलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।
नेकपा माओवादी केन्द्र वागतमती प्रदेश कमिटी सदस्य विर बहादुर गलान (ज्वाला) को प्रमुख आतिथ्यता रहेको बैठकमा पार्टीका मनहरी गाउँ कमिटीका इन्चार्ज राजकुमार पाख्रिनको विशेष आतिथ्यता रहेको थियो ।त्यस्तै कार्यक्रममा नेकपा (माओवादी केन्द्र) मनहरी गाउँ कमिटीका अध्यक्ष राम प्रसादा कालाखेती, दोस्रो स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्वाचित वडा अध्यक्षहरु लगायतकाको उपस्थिति रहेको थियो ।







