३७ वटा लायन्स क्लबको संयुक्त पदस्थापन

साझाकुरा
२०७९ श्रावण ३०, सोमबार ११:०६

हेटौंडा- मकवानपुरमा क्रियाशिल ३७ वटा लायन्स क्लबका पदाधिकारीको संयुक्त रुपमा पदस्थापन कार्यक्रम भएको छ । हेटौंडामा ३७ वटा लायन्स क्लबहरुले संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न गरेका हुन् । सामाजिक सेवाको क्षेत्रमा कार्य गर्ने अन्तर्राष्ट्रिय स्वंमसेवी संस्था लायन्स क्लब इन्टरनेशनल ३२५ एस नेपालअन्तर्गत मकवानपुरमा रहेका ३७ वटा क्लबको एकसाथ पदस्थापन कार्यक्रम भएको लायन्स क्लब इन्टरनेशनल ३२४ एस नेपालको एरिया २ का चिफ विकेशलाल श्रेष्ठले जानकारी दिए ।

पदस्थापन कार्यक्रम लायन्स क्लब अफ हेटौंडाका अध्यक्ष माधव न्यौपानेको अध्यक्षता तथा हेटौंडा उपमहानगरकी प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ एस नेपालका गभर्नर अमरबहादुर श्रेष्ठ, ३२५ बी २ का पूर्वगभर्नर शम्भु नकर्मी लगायत लायन्स क्लबका अगुवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा उत्कृष्ट क्लब तथा सदस्यलाई सम्मान समेत गरिएको थियो । पदस्थापन कार्यक्रम लायन्स क्लब अफ हेटौंडा भुटनदेवीकी अध्यक्ष निलम देवकोटाको संयोजकत्वमा भएको हो । लायन्स क्लबको एक वर्षे कार्यकाल रहने व्यवस्था अनुसार वर्ष २०२२÷२३ का लागि नव निर्वाचित समितिलाई पदस्थापन गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*