सामाजिक सूचना प्रणालीले अपराध रोक्ने विश्वास

साझाकुरा
२०७९ भाद्र १, बुधबार ०८:२६

हेटौंडा- हेटौंडामा मंगलबार सामाजिक सूचना व्यवस्थापन प्रणालीको उद्घाटन गरिएको छ । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले एक कार्यक्रमबीच प्रणालीको उद्घाटन गरेकी हुन् ।अमेरिकी विकास नियोग यूएसएआईडी र बेलायती दातृ निकाय यूकेएडको आर्थिक सहयोगमा वीनरक ईन्टरनेशनल, शान्ति फाउण्डेशन र शक्ति समूहले संयुक्त रुपमा कार्यक्रम गरेको थियो । सामाजिक सूचना व्यवस्थापन प्रणालीमा स्थानीय तह र प्रदेश सरकारहरुलाई संलग्न गरेर तथ्याड्ढ पहुँच र भण्डारण गरिन्छ । मानव बेचविखनलाई प्रमुखता दिएर तथ्याड्ढ संकलन गरिने सामाजिक सूचना व्यवस्थापन प्रणालीमा हिंसा पीडित, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरुको विवरण हुनेछ । प्रणाली यसअघि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा उद्घाटन भइसकेको छ ।

सामाजिक सूचना व्यवस्थापन प्रणालीले सामाजिक विकृति, विसंगति अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई तत्काल लागू गर्नुपर्ने बागमती प्रदेशकी सामाजिक विकास मन्त्री मोक्तानले बताइन् । वैदेशिक रोजगारका नाममा भइरहेको मानव बेचबिखन जस्ता आपराधिक कार्य रोकथाममा पनि प्रणालीले सहयोग गर्ने उनको विश्वास छ । ‘मानव वेचविखनसँगै महिला, बालबालिका लगायतको एकिन तथ्याड्ढ नहुँदा बजेट कार्यक्रम निर्माण र कार्यान्वयनमा समस्या भइरहेको छ’, मोक्तानले भनिन् । सामाजिक, आर्थिक विकास गर्नका लागि पनि सूचना प्रणाली छिटो लागू गर्नुपर्ने उनको भनाइ छ ।

असहाय बालबालिकाको एकिन तथ्याड्ढ नहुँदा धेरै समस्या भएको उनले सुनाइन् । तथ्याड्ढ संकलनमा स्थानीय तहहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै यसकार्यमा एकद्वार प्रणाली उचित हुने मन्त्री मोक्तानले सुझाव दिइन् । कार्यक्रममा बागमती प्रदेशकी कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री ईन्द्रमाया गुरुङले सामाजिक सूचना प्रणालीसम्बन्धी कार्य महत्वपूर्ण रहेको भन्दै सूचना संकलन, व्यवस्थापन, पहुँच र परिमार्जनका लागि तीनै तहको सरकारले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिएकी छन् ।
कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव भरतराज शर्माले सामाजिक सूचना व्यवस्थापन प्रणालीको परिचय, महत्व, उदेश्य, सूचकहरु, निर्माण प्रक्रिया, प्रगति अवस्था, अपेक्षाबारे जानकारी गराएका थिए ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकाका अध्यक्ष टासी लामा, सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखाका प्रमुख गोपालप्रसाद कँडेल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य, वीनरक ईन्टरनेशनल ‘हाम्रो सम्मान परियोजना’का रत्नकाजी श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।शक्ति समूहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीको अध्यक्षतामा भएको दुई दिने कार्यक्रममा मकवानपुर, काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकका गाउँपालिका तथा नगरपालिकाहरुका कर्मचारीहरुको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*