आज हेटौंडामा सद्भाव पदयात्रा

साझाकुरा
२०७९ भाद्र ४, शनिबार ०७:५३

हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा आज शनिबार हेटौंडामा स्वामी पूर्णतेज जीको उपस्थितिमा सद्भाव पदयात्रा तथा आशिर्वाद कार्यक्रम हुने भएको छ ।
स्वस्थ्य, सुशासन, शान्ति र सद्भाव पदयात्रा तथा आशीर्वाद प्रदान गर्ने कार्यक्रम हुने भएको हो । दिव्य तारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहयोगमा बिहान ७ बजे मउवा संघ परिसरमा भेला भएर पदयात्रासहित नगरपरिक्रमा गर्ने कार्यक्रम रहेको सहकारीका संस्थापक अध्यक्ष एवम् संरक्षक महालक्ष्मी उपाध्याय डीनाले जानकारी दिइन् ।
उनकाअनुसार कार्यक्रममा स्वामी पूर्णतेज जीले प्रवचन दिनुका साथै उपस्थित सबैलाई आशिर्वादसमेत प्रदान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम मकवानपुर उद्योग वाणिज्य संघको सभाहलमा हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*