तीजलाई महिलाहरुको अधिकारको लडाईको रुपमा लिनुपर्छः उपाध्याय
हेटौंडा- नेपाली कांग्रेसकी केन्द्रीय सह महामन्त्री महालक्ष्मी उपाध्याय डीनाले तीजलाई महिलाहरुको अधिकारको लडाईको रुपमा लिनुपर्ने बताएकी छन् । शनिबार नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ मकवानपुरले आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै सह महामन्त्री डीनाले पिर बेदना पोख्ने र पर्वको रुपमा भन्दा पनि अधिकारको लडाईको रुपमा लिनुपर्ने बताएकी हुन् । उनले तीजलाई पिर बेदना पोख्ने, तडकभडक र देखासिखी भन्दा पनि महिला हक अधिकार प्राप्तिको लागी उर्जाको रुपमा प्रयोग गर्नुपर्ने बताइन् ।राजनितिक क्षेत्रमा महिलाहरुले प्राप्त गरेको ३३ प्रतिशतको अधिकारलाई ५० प्रतिशत पु¥याउँनुपर्ने बेला आएको उनको भनाई थियो । उनले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुका लागी ५० प्रतिशत सिट पक्का गर्न आफुहरुले पहल गरिरहेको जिकिर गरिन् । – बाँकी ३ पेजमा….







