टोविस समन्वय समितिमा पुनः अधिकारीको नेतृत्व
हेटौंडा – टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको तेस्रो साधारण सभा तथा अधिवेसनले धुर्व अधिकारीलाई पुनः अध्यक्षमा चयन गरेको छ ।
शनिवार हेटौंडामा भएको अधिवेशनबाट अधिकारीको अध्यक्षतामा पदाधिकारीहरू सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षहरूमा विष्णु ढुंगाना, सति न्यौपाने, गंगाप्रसाद पौडेल, शान्ति क्षेष्ठ र बेगम बराल चयन भएका छन् ।महासचिव शिवहरि दाहाल चुनिँदा उपमहासचिवमा देवकुमार क्षेष्ठ, सचिवहरूमा सुशिला मल्ल, राजेन्द्र चौलागाई, चन्द्रावति पनेरू, पुण्यवति घिमिरे र हर्करत्न लामा चयन भएका छन् । यसैगरी कोषाध्यक्ष पदामा गिता मैनाली र सहकोषाध्यक्षा विरोध मोक्तान चयन भएको महासचिव दाहालले जानकारी दिए ।
समितिको ३० जना सदस्य सर्वसम्मत चयन हुन नसकेपछि निर्वाचन भएको थियो । समाचार तयार पार्दासम्म सदस्यहरूमा मतदान जारी थियो । समितिमा १९ वटा वडाबाट १९ जना भूगोल सदस्य, पाँच जना खुल्ला सदस्य, २ जना महिला सदस्य र समावेशी ४ जना सदस्यमा निर्वाचन भएको हो ।शनिवार अधिवेशन हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले उद्घाटन गरेकी थिइन् । लामाले प्रत्येक टोल विकास संस्थाले कार्ययोजना बनाएर काम गर्न आग्रह गरिन् । हेटौंडालाई एक नम्बरको नगर बनाउन टोल विकास संस्थाका प्रत्येक सदस्य सक्रिय हुनु पर्ने उनको भनाइ छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको उपमेयर राजेश बानियाँ, हेटौंडा–१ का वडा अध्यक्ष एवम् प्रवक्ता सविन न्यौपाने, हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, टोल विकास संस्था नगर समन्वय समितिका निवर्तमान अध्यक्ष इश्वर ढुंगाना, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल, हेटौंडा खानेपानी व्यावस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टलगायतले मन्तव्य व्यक्त गरेका थिए ।







