हेटौंडामा सद्भाव पदयात्रा र प्रवचन

साझाकुरा
२०७९ भाद्र ५, आईतवार ११:००

हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा शनिबार हेटौंडामा स्वामी पूर्णतेज जीको उपस्थितिमा सद्भाव पदयात्रा तथा आशिर्वाद प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।स्वस्थ्य, सुशासन, शान्ति र सद्भाव पदयात्रा तथा आशीर्वाद प्रदान गर्ने कार्यक्रम भएको हो । मउवा संघको पल्पसा सदनबाट सुरु भएको पदयात्रा कांग्रेस चोक, कान्तिराजपथ, स्कूलरोड, कभर्डहलचोक हुँदै राप्ती होटल मेनरोड सिमाचोक, बुद्धचोकपछि मउवा संघको सभाहलमा कार्यक्रममा परिणत भएको थियो ।
दिव्य तारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहयोगमा संचालित कार्यक्रममा स्वामी पूर्णतेज जीले मानव जीवनको जिउने कला र वास्तविक जीवनबारे छोटो प्रवचन प्रस्तुत गर्नुभएको थियो ।

नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको विशेष उपस्थिति रहेको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य, मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डे, बागमती प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, मकवानपुर जिल्ला प्रहरी प्रमुख उपरीक्षक बामदेव गौतम, नेपाली कांग्रेस जिल्ला नेता आनन्दराम पराजुलीलगायत उद्योगी, व्यवसायी, पत्रकार, प्रहरी, धार्मिक संघसंस्थाका प्रतिनिधि तथा

कार्यक्रमअन्तर्गत आज आइतबारदेखि तीन दिनसम्म बिहान साढे पाँचबजेदेखि तीन घण्टा द आर्ट अफ लिभिड्ड सम्बन्धी तालिम तथा प्रवचन हुने कार्यक्रम संयोजक निलम पाण्डेले जानकारी दिइन् । मउवा संघका महासचिव दिपक उप्रेतीले संचालन गरेको कार्यक्रम संघ अध्यक्ष कृष्णकुमार गुप्ताको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*