खोलाले बगाएर बेपत्ता भएका दुई महिलाको शव फेला
हेटौंडा- मकवानपुरको मनहरी खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । कैलाश गाउँपालिका–१० को धाँदरबाट नाम्सेदुङ्ग जान मनहरी खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका दुई महिलाको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले शनिबार साँझ ६ बजेको समयमा मनहरी खोला तर्ने क्रममा खोलाले बगाएकी सन्तमाया प्रजा र माइलीमाया रुम्बाको शव फेला परेको जानकारी दिए । रुम्बा खोलाले बगाएको करिब ८ किलोमिटर तल मृत अवस्था फेला परेकी प्रहरीले जनाएको छ ।







