मकवानपुर जिल्लामा पाँच हजार सुकुम्वासी

साझाकुरा
२०७९ भाद्र ७, मंगलवार १६:३२

मकवानपुरमा पाँच हजार ६ सय ८४ जना भूमिहीन रहेको एक तथ्याङ्कले जनाएको छ । राष्ट्रिय भूमि आयोग मकवानपुरका अनुसार जिल्लाको १० वटा स्थानीय तह रहेकोमा सो सङ्ख्यामा घरपरिवार भूमिहीन रहेको बताइएको छ ।आयोगका सदस्यसचिवसमेत रहेभएका नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीले जिल्लाको १० वटा स्थानीय तहमा गरी तीन हजार दुई सय २१ जना भूमिहीन दलित, दुई हजार चार सय ६३ जना भूमिहीन सुकुम्वासी रहेका छन् । साथै ३३ हजार तीन सय २६ जना अव्यवस्थित बसोबासीले जग्गा प्रमाणपत्रका लागि निवेदन दिएको बताइएको छ ।

प्रमुख सुवेदीले जिल्लाको बाग्मती गाउँपालिकामा तीनजना भूमिहीन दलित परिवारले लालपुर्जा प्राप्त गरिसकेको तथा अझै ३० जनाले जग्गा प्राप्त गर्ने तयारी अवस्थामा रहेको जानकारी दिए ।राष्ट्रिय भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीले छिट्टै नै जग्गाधनी प्रमाणपत्र लालपुर्जा प्राप्त गर्ने र त्यसअनुसार काम भइरहेको बताए ।मकवानपुरको बाग्मती, वकैया गाउँपालिकाको दुईवटा वडा तथा हेटौँडा उपमहानगरपालिकाको ११ नं वडामा लालपुर्जा वितरण गर्न आवश्यक काम भइरहेको उनले बताए । अध्यक्ष दाहालले चुरे तथा विभिन्न वन आरक्षण क्षेत्रभित्र रहेको स्थानमा लालपुर्जा वितरण गर्न नसकिनेसमेत जानकारी गराउए । रासस

यसमा तपाइको मत

Your email address will not be published.


*