मोटरसाईकल चोरीको आरोपमा दुई जना पक्राउ

साझाकुरा
२०७९ भाद्र ८, बुधबार ०९:२२

हेटौंडा- मकवानपुर प्रहरीले मोटरसाईकल चोरीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मोटरसाईकल चोरीको आरोपमा हेटौंडा उपमहागरपालिका–१५ बस्ने २० वर्षीय मनोज पुलामी मगर र हेटौंडा उपमहागरपालिका–५ शान्तीनगर बस्ने २२ वर्षीय सुरज ठकुरीलाई पक्राउ गरेको हो ।ना ३९ प २२९९ र बा ३३ प ६११४ नम्वरको मोटरसाईकलसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । गएको ३ भदौ राती हेटौंडा–५ स्थित शान्तिनगरबाट ना ३९ प २२९९ नम्बरको मोटरसाईकल चोरी भएको उजुरी प्रहरीमा आएको थियो ।

सोही उजुरीको आधारमा प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा आइतबार हेटौंडा–१५ बस्ने मनोजको घरभित्रबाट उक्त चोरी भएको ना ३९ प २२९९ र बा ३३ प ६११४ नंबरको मोटरसाईकल फेला पारेको प्रवक्ता कार्कीले बताए । उक्त मोटरसाइकलको बारेमा सोधपुछ गर्दा मगरले आफूहरुले मोटरसाईकल चोरी गरेर ल्याएको बताएपछि ठकुरीलाई हेटौंडा–१० बसपार्कबाट पक्राउ गरिएको कार्कीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*