अनधिकृत संरचनाहटान महानगरपालिकाले चलायो डोजर
काठमाडौं– बुधबार काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनाइएका अनधिकृत संरचना हटाएको छ । महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) को उपस्थितिमा डोजर चलाएर अनधिकृत संरचनाहरू हटाइएको हो । काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ । भवनमा भाडा लिएकाहरूले नक्साविपरित अनधिकृत संरचना निर्माण गरेर उपयोग गरिरहेको महानगरको भनाइ छ । गैरकानुनी संरचना निर्माण गरेर भाडामा लगाउने व्यक्ति दोषी रहेको मेयर बालेनले बताएका छन्।काठमाडौं मल र आरबी कम्पलेक्समा रहेका गैरकानुनी संरचनामाथि महानगरको डोजर चलेपछि धेरैजसो व्यवसायी पीडित बनेका छन् । अनधिकृत संरचना भत्काइँदैमा व्यवसायीहरू समस्यामा नपर्ने बालेनको को भनाइ छ। उनले नक्सा पास नगराइ बनाइएका सबै संरचना हटाइने बताएका छन् ।अनधिकृत रूपमा बनाइएका संरचना हटाउन ठूलो संख्यामा प्रहरी पुगेको थियो । त्यस क्षेत्रमा मेयर बालेनका साथै उपत्यका ट्राफिक प्रहरी प्रमुख डिआइजी मीरा चौधरी आफैं पुगेकी थिइन्।







