वडाध्यक्ष सिग्देलमाथि हातपातको भएको घटनामा उपमहानगरको ध्यानाकर्षण
हेटौंडा- हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि भएको हातपातको घटनामा हेटौंडा उपमहानगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ ।हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले एक प्रेस विज्ञप्ति जारी गर्दै वडाध्यक्षमाथी भएको हातपातको घटनामा ध्यानाकर्षण भएको जनाएका हुन् ।
नेकपा एमाले मकवानपुरको जिल्ला सचिवसमेत रहेका वडाध्यक्ष सिग्देलमाथी मंगलबार दिउँसो वडा कार्यालयको कार्यकक्षमा नै एमालेकै जिल्ला सदस्य सानु लामाले हातपात गरेका थिए ।
सोहि घटनाप्रति उपमहानगरको ध्याकर्षण भएको भन्दै सार्वजानिक निकायमा प्रवेश गरी भएको घटनाको हेटौंडा उपमहानगर, नगर कार्यपालिकाले घोर भत्र्सना एवम् निन्दा गर्दै घटनाको अबिलम्ब सत्यतथ्य छानविन गर्न माग गरेको छ ।सिग्देलले आफूमाथि कुटपिट भएको भन्दै मंगलबार नै प्रहरीमा उजुरी दिइसकेको मकवानपुरका प्रहरी नायव उपरिक्षक प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । आरोपित लामा फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।







