८३ बालबालिकालाई शैक्षिक सामग्री

साझाकुरा
२०७९ भाद्र १०, शुक्रबार ०९:५९

हेटौंडा- हेटौंडा उपमहानगरको विकट क्षेत्र १६ नम्बर वडाको शक्तिखोलास्थित विपि आधारभूत विद्यालयका बालबालिकाहरुका लागि शैक्षिक सामग्री वितरण गरिएको छ ।
हरितालिका तीजको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्ला महिला विभागको आयोजनामा बिहीवार विद्यालयका ८३ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको हो ।

हरितालिका तिजमा होटल, रेष्टुरेन्टमा पैसा खर्च गर्ने परम्परालाई तोड्दै शिक्षकहरुले गरिब तथा विपन्न बालबालिकाहरुलाई पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले शैक्षिक सामग्री सहयोग गरेका हुन् ।संगठन जिल्ला उपाध्यक्ष तथा जिल्ला महिला विभाग प्रमुख प्रतिमा गौतमको सभाध्यक्षता तथा नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय समिति सदस्य लक्ष्मी गजुरेलको प्रमुख आतिथ्यतामा शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*