मन्त्रीसँग वनकरियाले भनेः राहतका पोका हैन, जग्गा देऊ

साझाकुरा
२०७९ भाद्र १२, आईतवार ०९:१५

हेटौंडा- मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकामा बसोबास गर्दै आएका वनकरिया समुदायमा हरितालिका तिजको अबसर पारेर दर कार्यक्रम गरिएको छ ।
नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर मकवानपुरले वनकरिया बस्तीमा दर खाने कार्यक्रम गरेको हो ।कार्यक्रममा बागमती प्रदेशका मन्त्रीदेखि प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि सहभागी थिए ।मन्त्रीदेखि जनप्रतिनिधि सहभागी कार्यक्रममा वनकरियाहरुले खानलगाउन आफैं जोहो गर्ने भन्दै पहिला जग्गा दिलाइदिन आग्रह गरेका छन् । जग्गा पाएपछि घर बनाएर बस्न पाउनुपर्ने वनकरियाहरुको भनाइ थियो ।कार्यक्रममा अगुवा वनकरिया सन्तोषी वनकरियाले अब नेता तथा जनप्रतिनीधिहरुले वनकरिया बस्तिमा राहतका पोका भन्दा पनि शिक्षा, स्वास्थ्य, रोजगारलगायतका अबसर लिएर आउन सुझाइन् । उनले खानको लागि मेहनत गर्न सकिने तर बर्षौदेखि आफुले भोगचलन गर्दै आएको जमिन आफुहरुको हुनुपर्ने र घर बनाएर बस्न पाउनुपर्ने माग राखिन् ।

समाज रुपान्तरणको आधार नै शिक्षा क्षेत्र रहेको बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताएकी छन् । कार्यक्रमलाई सम्बोधन गदैै मन्त्री मोक्तानले शिक्षाको ज्योतिले भविष्य निर्धाण गर्ने बताइन् ।वनकरिया बाल– बालिकाहरुलाई लगनशिल भएर पढ्न अनुरोध गर्दै पढाईको व्यवस्था प्रदेश सरकार र स्थानीय सरकारले गर्ने जानकारी दिएकी छन् ।महिला मुखिया हुने मातृसत्तात्कम समाज रहेको वनकरियाहरुमा शैक्षिक स्तर उकास्न सकेमा लोपोन्मुख वनकरिया देशको मुलधारमा आउन सक्ने उनको भनाइ छ ।बागमती प्रदेशसभा सांसद प्रेमबहादुर पुलामीले गाँस, बास, कपास, स्वास्थ्य शिक्षा र रोजगारी जनताको मौलिक हक भएको बताउदै राज्यले वनकरियालाई जन्मने बित्तिकै सामाजिक सरक्षा भत्ता बितरण गरिरहेको बताए । उनले अबको वनकरिया शिक्षित वनकरिया हुनुपर्ने बताउँदै शिक्षामा लगनशिल हुन आग्रह गरे ।

हालसम्म वनकरियाहरुको समाचार बन्ने गरेको र समाचारले नै उनिहरुलाई जंगलबाट बस्तिमा ल्याएको भन्दै सांसद पुलामीले अबको दिनमा पत्रकारिता पढेर आफैले समाचार बनाउन पनि वनकरिया छात्रछात्रालाई सुझाए ।पे्रस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापाको सभाध्यक्षतामा भएको वनकरियासँग दर खाने कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सिता पुलामी, वडा अध्यक्ष प्रकाश थापालगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*