हेटौंडामा कानुन विपरित बनाइएको संरचना हटाइने

साझाकुरा
२०७९ भाद्र १२, आईतवार १६:३१

हेटौंडा-हेटौंडामा कानुन विपरित बनाइएको संरचना हटाइने भएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामाले कानुन विपरित बनाइएको संरचना हटाइने बताएकी हुन् । मुख्य सडकको छेउमा नक्सा पास नभइ बनेका साना ठुला टहराहरु पनि ३५ दिने सुचना प्रकाशन गरि काम सुरु गरिने मेयर लामाले बताइन् । मेयर लामाले अब उपमहानगरले ३५ दिने सुचना प्रकाशन गर्ने र कानुन विपरित बनाइएको संरचना नहटाइएको पाइएमा उपमहानगरले मेशिन प्रयोग गरि हटाउने बताइन् । २५ मिटर सडक चौडा बनाउन अदालत सँग पनि समन्वय गरिसकेको उनले बताइन् । पार्किङको लागि पास गरि घर बनाएका घरधनीले पसल व्यवसाय सञ्चालन गरेको पाइएमा, भाडामा बस्ने र आउने ग्राहकका लागि सवारीसाधन राख्ने प्रयोजनका लागि पार्किङको व्यवस्थासमेत नगरेमा कानुनी कारवाही गरिनुका साथै पसललाई हटाउने समेत बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*