अख्तियारमा मकवानपुरको उजुरी एकवर्षमै दोब्बर
हेटौंडा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा मकवानपुरका संघीय र प्रदेश मातहतका कार्यालय तथा १० वटा पालिकाबाट एकवर्षमै दोब्बर संख्यामा उजुरी परेका छन् ।मकवानपुरबाट अख्तियारमा आर्थिक वर्ष २०७७÷०७८ मा भन्दा गत आर्थिक वर्ष २०७८÷०७९ मा दोब्बर उजुरी दर्ता भएको जनाइएको छ । अख्तियार कार्यालयको तथ्यांकानुसार आव २०७७÷०७८ मा १ सय ४ वटा मात्रै उजुरी परेको थियो । गत आव २०७८÷०७९ मा भने त्यसको दोब्बर अर्थात २ सय ६ वटा उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए । दुई वर्षमा ३ सय १० वटा उजुरी परेकोमा २ सय २७ वटा उजुरी फछ्र्यौट भएको छ । बाँकी उजुरी चालू आव २०७९÷०८० मा दायित्व सरेर आएको सूचना अधिकारी सापकोटाले बताए ।
उनका अनुसार धेरै जसो उजुरी सार्वजनिक खरिद र निर्माणसँग सम्बन्धित छ । खरिद गुरुयोजना र वार्षिक खरिद योजना नबनाइएको, गलत प्राविधिक मूल्यांकन गरिएको, बजेट टुक्र्याएर खरिद गरिएको, आवश्यकभन्दा धेरै सामग्रीहरु खरिद गरिएको, जिन्सी दाखिला नगर्ने वा गलत दादिला प्रतिवेदन तयार पारिएको, योग्यता नभएका व्यक्तिलाई खरिद कार्यमा सहभागी गराएको, आयोजनामा गुणस्तरहीन काम भएको, कम गुणस्तरका सामग्री प्रयोग गरिएकोलगायत विषयमा उजुरी पर्ने गरेको सूचना अधिकारी सापकोटाले बताए । उपभोक्ता समितिसँग, नदीजन्य पदार्थ उत्खनन् तथा प्राकृतिक स्रोत उपयोगका विषयमा पनि धेरै उजुरी पर्ने गरेको उनले बताए ।
अख्तियार कार्यालयका अनुसार मकवानपुरका १० वटा पालिकामध्ये सबैभन्दा धेरै उजुरी हेटौंडा उपमहानगरपालिकाको परेको छ । हेटौंडामा आव ०७७÷०७८ मा भन्दा गत आव ०७८÷०७९ मा झण्डै तेब्बर बढी उजुरी परेको तथ्याड्ढ छ । आव ०७७÷०७८ मा ४५ वटा मात्रै उजुरी परेकोमा आव ०७८÷०७९ मा १ सय २४ वटा उजुरी परेको हो । जसमध्ये १ सय १८ वटा मुद्दा फछ्र्यौट भएको छ ।हेटौंडापछि सबैभन्दा धेरै उजुरी मनहरी गाउँपालिकाको परेको छ । मनहरीमा आव ०७७÷०७८ र गत आव ०७८÷०७९ गरेर ४२ वटा उजुरी परेको छ । आव ०७७÷०७८ मा मनहरीका उजुरी जम्मा १० वटा मात्रै थिए । एकवर्षपछि उजुरीको संख्या ३२ वटा पुगेको कार्यालयको तथ्याड्ढले देखाएको छ । मनहरीका कूल उजुरीमध्ये ३६ वटाको फछ्र्यौट भएको छ ।
मनहरीपछि बकैया र मकवानपुरगढी गाउँपालिकाको धेरै उजुरी परेका छन् । दुई आवमा गरेर बकैयाको २१ वटा र मकवानपुरगढीको २० वटा उजुरी परेको अख्तियार कार्यालय हेटौंडाले जानकारी दिएको छ । बकैयाको ०७७÷०७८ मा उजुरी १० वटा र ०७८÷०७९ मा ११ वटा उजुरी दर्ता भएको थियो । जसमध्ये १६ वटा उजरी फछ्र्यौट भएको छ । मकवानपुरगढीको ०७७÷०७८ मा ११ वटा गत आव ०७८÷०७९ मा ९ वटा उजुरी परेकोमा हालसम्म १४ वटा उजुरीको फर्छयौट भइसकेको जनाइएको छ । थाहा नगरपालिकाको आव ०७७÷०७८ गत आव ०७८÷०८९ असार मसान्तसम्म ८ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये ७ वटा उजुरी फछ्र्यौट भएको छ ।
यसैगरी, इन्द्रसरोवर गाउँपालिकाको ४ वटा उजुरी दर्ता भएकोमा ४ वटै उजुरी फछ्र्यौट भएको सूचना अधिकारी सापकोटाले जानकारी दिए । जिल्लाको विकट कैलाश गाउँपालिकाको १२ वटा उजुरी दर्ता भएकोमा ९ वटा फछ्र्यौट भएको तथ्याड्ढमा उल्लेख छ । ६ वटा उजुरी दर्ता भएको बागमती गाउँपालिको ५ वटा फछ्र्यौट भएको छ । भीमफेदी गाउँपालिकाको १२ वटा दर्ता भएको थियो भने ८ वटा फछ्र्यौट भएको छ । जिल्लाको दुर्गम राक्सिराङ गाउँपालिकाको १६ वटा उजुरी दर्ता भएको थियो । जसमध्ये १० वटा उजुरी फछ्र्यौट भएको कार्यालयले जानकारी दिएको छ । अख्तियार कार्यालयमा लिखित, फोन वा इमेलमार्फत् उजुरी धेरै आउने गरेको जनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले आव २०७८÷०७९ को वार्षिक प्रतिवेदन सार्वजानिक गर्दै उजुरीको संख्या, उजुरीका प्रकृति र प्रगतिबारे जानकारी दिएको थियो । आयोगका प्रमुख नरहरि घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा आयोगका उपसचिव तथा सूचना अधिकारी सापकोटाले भ्रष्टचार सम्बन्धमा विश्वमा नेपालको अवस्था, वार्षिक तथ्याड्ढ, प्रदेशगत उजुरीको विवरण, भ्रष्टचारजन्य प्रवृतिको विश्लेषण जस्ता विषयहरुमा जानकारी गराएका थिए । कार्यालयमा आव ०७८÷७९ मा १ हजार १ सय ८९ वटा उजुरी दर्ता भएको छ । कार्यालयमा आव ०७७÷०७८ बाट ४ सय ११ वटा उजुरी जिम्मेवारी सरेर आएको थियो ।
गत आव ०७८÷०७९ मा कूल उजुरीमध्ये करिब ७५ प्रतिशत अर्थात् ८ सय ९० वटा उजुरी फछ्र्यौट गरेको सूचना अधिकारी सापकोटाले बताए । अख्तियार कार्यालयले बागमती प्रदेशको मकवानपुरसहित चितवन, दोलखा, धादिङ, काभ्रे, रामेछाप, नुवाकोट, सिन्धुपाल्चोक, रसुवा तथा मधेश प्रदेशको बारा, पर्सा रौतहट जिल्लाका उजुरीमाथि कारबाही गर्दै आएको छ । जसमध्ये दुई आर्थिक वर्षमा गरेर सबैभन्दा धेरै उजुरी बाराबाट ३ सय ९१ वटा परेको छ । बारापछि रौतहटमा ३ सय ७४ उजरी दर्ता भएको छ । रौतहटमा आव ०७७÷०७८ मा जम्मा ८ वटा मात्रै उजुरी परेको थियो । त्यसको एकवर्षपछि अर्थात् आव ०७८÷०७९ मा ३ सय ६६ वटा उजुरी परेको थियो ।
पर्साबाट २ सय ८६, चितवनबाट १ सय ६६, दोलखाबाट १८, धादिङबाट १८, काभ्रेबाट १५, रामेछापबाट १२, नुवाकोटबाट ४, सिन्धुपाल्चोक र रसुवाबाट समान ३–३ वटा उजुरी परेको तथ्याड्ढमा छ ।आयोगका प्रमुख सहसचिव नरहरि घिमिरेले भ्रष्टाचार रोकथामका लागि सञ्चारमाध्यमले पनि नागरिकलाई सचेतना फैलाउन आग्रह गरे । उनले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियारले मात्र नभई सबै निकायले सहयोग गर्नुपर्ने बताए ।







