प्रदेश बुद्धिचालमा ललितपुर टिम विजेता

साझाकुरा
२०८३ असार ८, सोमबार १०:५४

हेटौंडा-प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित तिनदिन सञ्चालन भएको बुद्धिचाल प्रतियोगितामा ललितपुर जिल्ला टिम च्याम्पियन बन्न सफल भएको छ ।क्लासिकल, ¥यापिड तथा ब्लिट्ज् बुद्धिचाल खेल पुरुष तथा महिला तीन विधामा ६ स्वर्ण, ६ रजत र ६ काश्यपदकमध्ये ललितपुर जिल्लाले २ स्वर्ण २ रजतपदक जित्दै टिम च्याम्पियन बनेको हो । ललितपुरले पुरुष क्लासिकल र रापिड विधामा १–१ स्वर्ण, ब्लिट्ज् १ रजत र महिला ¥यापिड १ रजत प्राप्त गरी २ स्वर्ण २ रजतपदक सहित टिम च्याम्पियन बनेको हो ।

यस्तै चितवन जिल्ला टिम उपविजेता बनेको छ । यसक्रममा महिलातर्फ क्लासिकल र ¥यापिड विधातर्फ १–१ स्वर्णपदक जित्न सफल भएको छ । काठमाडौं जिल्लाले प्रतिस्पर्धामा तृतीय स्थान हासिल गरेको छ । काठमाडौंले महिला ब्लिट्ज १ स्वर्ण, १ रजत र १ काश्यपदक प्राप्त गरेको छ । स्पर्धामा काभ्रेले चौथो स्थान हासिल गर्दै पुरुषतर्फको ब्लिट्ज् १ स्वर्ण, क्लासिकल १ रजतपदक प्राप्त
गरेको छ । मकवानपुरले पुरुष ¥यापिडतर्फ १ रजत, धादिङले महिला ब्लिट्ज् १ रजतपदक जितेको छ । यस्तै भक्तपुरले पुरुषतर्फ ¥यापिड १, ब्लिट्ज् १ र महिलातर्फ ब्लिट्ज् १ पदक प्राप्त गरेको छ । दोलखाले क्लासिकल पुरुषतर्फ १ काश्यपदक र रामेछापले महिलातर्फ १ काश्यपदक हासिल गर्न सफल बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*