डेरी उद्योगको सार्वजनिक परीक्षण

साझाकुरा
२०७९ भाद्र १५, बुधबार ०९:३४

हेटौंडा- भीमफेदी गाउँपालिकामा हालै निर्माण भएको दुग्ध प्रशोधन परियोजना (डेरी उद्योग) को सार्वजनिक परीक्षण कार्यक्रम गरिएको छ ।मंगलबार परियोजना स्थल भीमफेदी गाउँपालिका–१ बुङदलमा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले सार्वजनिक परीक्षण गरेको हो । निकट भविश्यमा सञ्चालनको तयारीमा रहेको उद्योगमा बागमती प्रदेश सरकार, सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) र जिल्ला दुग्ध सहकारी संघ लिमिटेडको संयुक्त लगानी छ ।उद्योग स्थापनाको लागि हालसम्म ४ करोड ६९ लाख २८ हजार ८ सय ७८ रुपैयाँ बराबर लगानी भएको संघले जानकारी दिएको छ । उद्योगमा १ करोड ४३ लाखको इबिडिङबाट मेसिनरी उपकरण खरिद भएको संघका व्यवस्थापक कुमारमणि दाहालले बताए । जसअन्तर्गत प्रदेश सरकारबाट अनुदान बापत ५६ लाख ३४ हजार २ सय रुपैंया प्राप्त भएको र ८६ लाख ६५ हजार ८ सय रुपैयाँ संघको लगानी रहेको जनाइएको छ ।

भौतिक पूर्वाधार निर्माणतर्फ २ करोड ४५ लाख ३७ हजार ७ सय २३ रुपैयाँ खर्च भएकोमा लागत साझेदारी कार्यक्रमअन्तर्गत सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी)बाट १ करोड ७४ लाख २० हजार ४ सय २९ रुपैंया १४ पैसा र सहकारी संघको तर्फबाट ७१ लाख १७ हजार २ सय ९३ रुपैंया ८६ पैसा खर्च भएको संघका अध्यक्ष बासुदेव अधिकारीले जानकारी दिए ।जिल्ला दुग्ध सहकारी संघले उद्योग निर्माणका लागि ८० लाख ९१ हजार १ सय ५५ रुपैयाँमा जग्गा खरिद गरेको थियो ।

सार्वजनिक परीक्षण कार्यक्रममा बागमती प्रदेश सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले उद्योग सञ्चालनको चुनौती भएको भन्दै छिट्टै प्रभावकारी रुपले उद्योग सञ्चालन गर्न संघलाई निर्देशन दिए । जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष तथा निर्माण उप–समिति संयोजक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी–५ का वडा अध्यक्ष दिपेश दाहाल, संघका सल्लाहकार खिलप्रसाद चौलागाईलगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*