तीन सय ५ किलो लागूऔषध गाँजा बरामद

साझाकुरा
२०७९ भाद्र १८, शनिबार ०८:२२

हेटौंडा- मकवानपुर प्रहरीले तीन सय ५ किलो लागूऔषध गाँजा बरामद गरेको छ । शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरीकोे कमाण्डमा खटिएको टोलीले ना. ८ ख १७३८ नम्बरको टिपरबाट तीन सय ५ किलो लागूऔषध गाँजा बरामद गरेको हो । प्रहरीले टिपरमा सुरक्षाजाँच गर्ने क्रममा टिपरको पछाडि रातो त्रिपालले छोपेको अवस्थामा खोली हेर्दा लागूऔषध गाँजा रहेको १२ वटा बोरा र एउटा प्लाष्टिकको सानो पोका फेला परेको जनाएको छ । उक्त लागूऔषधसहित टिपरलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । टिपर चालक फरार रहेको र खोजी कार्य भइरहेक जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*